ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन अदालतको आदेश « Khabarhub

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन अदालतको आदेश


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका बस्न्यातलाई आइतबार विशेष अदालतले बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए ।

ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।

फर्जी मोह खडा गरेर ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको उनीमाथि अभियोग लागेको छ ।

यसअघि विशेष अदालतले ललिता निवास प्रकरणमा मुछिएका अधिकांश आरोपितलाई धरौटी तथा साधरण तारेखमा रिहा गरेको थियो।

केही दिनअघि अदालतमा बयानका लागि उपस्थित भएका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा छाड्ने अदालतले आदेश दिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : १२ बजे

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु, सयौँ घाइते

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी