माघ २ देखि एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने « Khabarhub

माघ २ देखि एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता माघ पहिलो साता हुने भएको छ । मंगलबार आयोजक एभरेष्ट वल्ड क्लास तेक्वान्दो ब्रान्च नेपालले प्रतियोगिता माघ २ गतेदेखि ४ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमिको हलमा हुनेछ । आयोजकले पुरुष– महिला ग्योरोरीदेखि १२–१२ समूहका पुम्सेसहित १०० समूहका खेल हुने जनाएको छ ।

३ दिन चल्ने प्रतियोगितामा १२ सय खेलाडीहरुले १ सय १० स्वर्ण, १ सय १० रजत र २ सय २० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रथम हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन । दोस्रो हुने टोलीले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई जनही १०–१० हजार प्रदान गरिने प्रतियोगिता संयोजक सन्जिव फुयाँलले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी ७ वटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई १ लाख ५० हजार बराबरको सामग्री समेत प्रदान गरिनेछ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : ४१ बजे

हुन्डीमार्फत ५७ लाख ४७ हजार कारोबार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीले हुन्डीमार्फत ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँको माग- राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गरौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ

प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा

भद्रपुर– प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू)सेवा

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

काठमाडौं–  निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने