मकर संक्रान्तिः राशिअनुसार के दान गर्दा कस्तो फल मिल्नेछ ? « Khabarhub

मकर संक्रान्तिः राशिअनुसार के दान गर्दा कस्तो फल मिल्नेछ ?


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा बार अनुसारकाे राशि फरक फरक हुन्छ ।

त्यस्तै, साप्ताहिक, मासिक र वार्षिक राशिफलबाट मानिसको हप्ता, महिना र वर्ष दिन कस्तो रहनेछ भन्ने भविष्यवाणि गरिन्छ । त्यतिमात्र नभएर विभिन्न पर्वमा कुन राशि भएका हरुले के दान गर्दा पुण्य मिल्छ भन्ने विषयमा समेत फलादेश गर्ने गरेको पाइन्छ ।

बुधबार मकर संक्रान्ति अर्थात माघि संक्रान्ति पर्व । यो पर्वमा राशि अनुसार के दान गर्दा कस्तो फल प्राप्ति हुन्छ भन्ने विषयमा यहाँ प्रस्तुत गरिएको छ ।

मेष – मेष राशि भएका व्यक्तिले पहेंलो फूल, हल्दी, तिलमा पानीमा मिसाएर सूर्यलाई अर्घ दिनुपर्छ। यो राशि भएकाले तिल र गुड दान गर्नुहोस् । यसोगर्दा तपाईले उच्च स्थान पाउनुहुनेछ।

वृष – सेतो चन्दन, दूध, सेतो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। ठूलो उत्तरदायित्व प्राप्त गर्ने र महत्त्वपूर्ण योजनाहरू शुरु गर्ने सम्भावनाहरू बढ्नेछ ।

मिथुन – तिल, दुबो र फूलहरू पानीमा मिसाउनुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। गाईलाई हरियो घाँस दिनुहोस्। मुंग दालको खिचडी दान गर्नुहोस्। यसो गर्नाले खुशी प्राप्ति हुनेछ।

कर्कट – दूध, चामल, तिललाई पानीमा मिसाउनुहोस् र घामलाई अर्पण गर्नुहोस्। चामल, चिनी, तिल दान दिनुहोस्। संघर्ष र द्वन्द्वको अन्त्य हुनेछ।

सिंह – कुमकुम र रातो फूल, तिललाई पानीमा राख्नुहोस् र सूर्यलाई अर्घ दिनुहोस्। तिल, गुड, गहुँ, सुन दान गर्नुहोस्।  यसो गर्नाले उपलब्धि हासिल हुनेछ।

कन्या – तिल, दुबो र पानीमा फूलहरू थपेर सूर्यलाई अर्घ दिनुहोस । मुंग दालको खिचडी दान गर्नुहोस्। गाईलाई घाँस लगायत खाना खुवाऊनुहोस। तपाईंलाई राम्रो समाचार प्राप्त हुनेछ।

तुला- सेतो चन्दन, दूध, चामल, तिल मिसाएर सूर्यलाई अर्पण गर्नुहोस्। चामल दान गर्नुहोस्। व्यापारमा बाह्य सम्बन्धबाट लाभहुनेछ साथै शत्रुहरू परास्त हुनेछन्।

वृश्चिक- कुमकुम, रातो फूल र तिललाई पानीमा राखेर यसलाई सूर्यमा अर्पण गर्नुहोस्। गुड दान गर्नुहोस्। विदेशी काम र विदेश यात्राबाट फाइदा हुन्छ।

धनु – हल्दी, केसर, पहेलो फूल पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस् । यसो गर्दा चारै तर्फबाट विजय हुनुहुनेछ।

मकर – गाढा निलो फूलहरू र तिललाई पानीमा राखेर सूर्यलाई अर्घ दिनुहोस्। गरिबहरूलाई खाना खुवाउनुहोस । यसोगर्दा विभिन्न कुरामा तपाइको अधिकार प्राप्त हुन्छ।

कुम्भ – नीलो-कालो फूलहरू, सरसौंको तेल र तिललाई पानीमा मिलाउनुहोस् अनि सूर्यलाई अर्पण गर्नुहोस्। तेल र तिलको दान दिनुहोस्। विरोधीहरू पराजित हहुनेछन्। विभिन्न प्रकारका भेटी र सम्मान प्राप्त हुनेछ ।

मीन – हल्दी, केसर, पहेंलो फूल, तिल एकै ठाउँमा राखेर सूर्यलाई अर्पण गर्नुहोस्। सरसों, केसर दान गर्नुहोस्। यसबाट सम्मान, ख्याति बढ्नेछ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ३ : ५१ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा