रजनीकान्तको फिल्म ‘दरबार’ ले पहिलो विकेन्डमा कमायो १ सय ५० करोड « Khabarhub

रजनीकान्तको फिल्म ‘दरबार’ ले पहिलो विकेन्डमा कमायो १ सय ५० करोड


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘दरबार’ ले पहिलो विकेन्डमा १ सय ५० करोड भारु कमाइ गरेको छ ।

हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएको यो फिल्मले विश्वव्यापी रुपमा डेढ करोड बराबरको ग्रस कलेक्सन गरेको हो ।

तमिल भाषामा रिलिज भएको फिल्मले सबैभन्दा बढी कमाइ गरेको छ । यो फिल्म दक्षिण भारतमा सोलो रिलिज हुने मौका पाएको थियो । यसको फाइदा पनि फिल्मलाई भएको छ ।

हिन्दी भाषामा भने फिल्मले कमजोर व्यापार गरेको छ । बलिउडका दुई फिल्म ‘छपाक’ र ‘तान्हाजी’ पनि एकसाथ रिलिज भएकाले रजनीकान्तको फिल्मले खासै व्यापार गर्न सकेन ।

यो फिल्म नेपाली दर्शकमाझ समेत प्रतीक्षित फिल्म भए पनि नेपालमा भने प्रदर्शन गरिएन ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ४ : ३९ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने