मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै « Khabarhub

मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ ।

बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको हो । रियल इकोनोमिक सस्टेनेबल सोसाइटी नेपाल (रेस नेपाल) ले हालै यो बस भित्र्याइएको हो।

मनोरञ्जनको अतिरिक्त सुविधा चाहने पर्यटकलाई लक्षित गर्दै पार्टी बस सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अशोक शर्माले जानकारी दिए । पर्यटकका लागि फरक सुविधा तथा जन्मदिनको पार्टीलाई मध्यनजर गरी ल्याइएको पार्टी बसका निश्चित क्षेत्र निर्धारण गरिने र ट्राफिक नियमअनुसार सञ्चालन गरिने उनले बताए ।

एक साताभित्रै पार्टी बस काठमाडौँमा व्यावसायिक रूपमा सञ्चालन गरिनेछ । भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिललाई पार्टी गर्न मिल्ने थलोका रुपमा परिमार्जन गरिएको छ । बसभित्र सिट हुँदैन । सोफा शैलीमा दुईतिर काउच राखिएको छ । यस बसमा एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् ।

बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ। बसको अघिल्तिर डिजेले सङ्गीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिनेछ ।

निर्देशक शर्माका अनुसार यो पार्टी बसको प्रतिबस साढे तीन करोड पर्छ । परियोजनाका लागि सात करोडभन्दा बढी लगानी गरिएको छ । एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ। बस प्रयोग गर्न एक हजार प्रवेश शुल्क पर्छ । विशेषगरी बिहे र पर्यटकका लागि यो बस उपयुक्त हुनेछ ।

नेपाल भ्रमण वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पार्टी बस क्रमशः अन्य पर्यटकीय गन्तव्यमा पनि लैजाने कम्पनीको योजना छ । ग्राहकलाई मनोरन्ञ्जन र रमाइलो वातावरणमा विभिन्न पर्यटकीय गन्तव्यमा पुर्‍याउने उद्देश्यसहित सेवा शुरु गरिएको निर्देशक शर्माको भनाइ छ ।

इन्टेरियर डिजाइन, कलर, लाइट्स, म्युजिक र गुणस्तर सेवा पार्टी बसको मुख्य आकर्षण हुन् । बसमा आधुनिक प्रणालीबाट सुसज्जितका साथै सुरक्षाका सबै मापदण्डलाई ध्यान दिइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ७ : ४८ बजे

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति