फ्रान्समा ११ मे सम्म लकडाउन « Khabarhub

फ्रान्समा ११ मे सम्म लकडाउन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलने क्रम नरोकिएपछि फ्रान्सले ११ मे सम्म लकडाउन बढाएको छ ।

राष्ट्रपति इम्मानुएल म्याक्रोनले टेलिभिजनमार्फत सम्बोधन गर्दै जनअपेक्षा अनुरुप लकडाउनको बढाएको बताएका छन् ।

११ मे पछि भने स्कुलहरु खोल्न सकिने उनले बताएका छन् । फ्रान्सको सीमाना भने गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने उनले जानकारी दिए ।

राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नका लागि अझै पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव रहेकाले त्यसको प्रबन्ध भइरहेको जानकारी दिएका छन् ।

फ्रान्समा कोरोना भाइरसले अहिलेसम्म १४ हजार ९६७ जनाको मृत्यु भएको छ भने १ लाख ३६ हजार भन्दाबढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ४९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका