काठमाडौंका ७ वर्षीय बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २४९ पुगे « Khabarhub

काठमाडौंका ७ वर्षीय बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २४९ पुगे


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार साँझ विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाका १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने ३५ जना निको भएर घर फर्किएका छन्।

सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार काठमाडौं र धादिङ घर भएका दुई जना संक्रमित काठमाडौंको एपीएफ अस्पतालको आइसोलेसनमै रहेका छन् ।

उनीहरूको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि एपीएफ अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ८ : ४० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न