आज बंगलादेशमा अलपत्र परेका नेपाली ल्याइँदै | Khabarhub Khabarhub

आज बंगलादेशमा अलपत्र परेका नेपाली ल्याइँदै


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् ।

नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे १० बजे ढाका उडेको छ । उताबाट दिउँसो साढे २ बजे काठमाडौँ अवतरण गर्नेछ । निगमका प्रवक्ता अर्चना खड्काले विदेशमा अलपत्र नेपालीलाई निगमका जहाजले आजदेखि स्वदेश ल्याउन शुरु गर्ने जानकारी दिइन ।

नेपाली लिन विभिन्न मुलुकका गन्तव्य पुग्ने निगमका जहाज यताबाट प्रायः रित्तै जानेछन् । तथापि निगमका जहाज जाने गन्तव्यमा यात्रु जान चाहे लगिदिनेछ ।
निगमका प्रवक्ता खड्काले नेपालबाट फर्कन चाहने यात्रुलाई सम्बन्धित मुलुकको दूतावास वा नेपालको परराष्ट्र मन्त्रालयको लिखित कागजातका आधारमा लैजान सकिने व्यवस्था मिलाइएको बताइन ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् ।

निगमको अपरेशनल विभागका अनुसार नेपाल एयरलाइन्सले जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान गर्नेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ मा नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जलस या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ ।

हिमालय एयरलाइन्सले पनि बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अबर, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ ।

चार्टर्ड उडानको भाडा घट्यो

मन्त्रालयले विदेशमा अलपत्र नेपाली ल्याउन गरिने चार्टर्ड उडानको भाडा घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार सिंहदरबारमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अधिकारीसँग गरेको छलफलपछि हवाई भाडादरमा पुनरावलोकन गरिएको हो ।

छलफलमा पर्यटनमन्त्री भट्टराईले हालको प्रस्तावित हवाई भाडा समायोजन गर्न दुवै एयरलाइन्सलाई अनुरोध गरेका थिए । सोहीबमोजिम निगमले हवाई भाडादरमा पुनरावलोकन गरेको जनाइएको छ ।

कूल लागतको २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएको छ । ‘यसभन्दा अगाडि जारी गरिएको भाडादरका सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्न गरिएको अधिकतम प्रयासस्वरुप हवाई भाडादर घटाउने निर्णय लिइएको हो’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सरकारको अनुरोधबमोजिम खाडी राष्ट्रलगायत नेपालीहरुको मुख्य श्रम गन्तव्य मुलुकबाट नेपाली नागरिकलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।

घटेको नयाँ भाडादरअनुसार मलेशियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । त्यसैगरी दोहाको ४९० डलरबाट घटाएर ३९२ डलर बनाइएको छ । दुबईको ३६० डलर भाडा लाग्नेछ भने साउदी अरेबियाको दमामका लागि ४३० र ५९० डलर कायम गरिएको छ ।

ओमानको ३६८, बहराइनको ३९२ डलर भाडादर कायम गरिएको छ । कुवेतको भाडा ४१०, जोर्डनको ६७५ र साइप्रसको ७३० डलर भाडादर तोकिएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : १५ बजे

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना

काठमाडौं – फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज