नारायणगढ–मुग्लिन सडक थप धसियो « Khabarhub

नारायणगढ–मुग्लिन सडक थप धसियो


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो । उनले सोमबार बिहान यसअघि धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिए । धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उनले जानकारी दिए ।

सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएको थियो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसै ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।

सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।

अधिकारीले धसिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताए । भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ । अविरल वर्षा भइरहेकाले सो सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी नै रहेको उनले जानकारी दिए । यो सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : ४७ बजे

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको