सार्वजनिक यातायातमा यात्रा गर्दा विशेष सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

सार्वजनिक यातायातमा यात्रा गर्दा विशेष सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

सरकारको निर्णयसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु चल्न थालेपछि मन्त्रालयले यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको प्रतिकूल अवस्थामा पनि सार्वजनिक सवारी साधन संचालनमा आएकोले विशेष सावधानी अपनाउन आग्रह गरेका हुन् ।

‘सर्वसाधारणहरुको जनजीवनमा सहजता होस् भनेर प्रतिकूल अवस्थाका बाबजुत सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘ जनस्वास्थ्यको मापदण्डलाई मध्येनजर गर्नुहोला । कोभिडको समस्या समाधान भयो र सार्वजनिक यातायात सुचारु भए भनेर नबुझिदिनुहुन अनुरोध छ ।’

डा गौतमले सार्वनजिक यातायातको यात्रा कोभिड १९ को संक्रमण भन्दा अगाडिको समयको जस्तो सहज र सुरक्षित नभएको बताए ।

डा गौतमले अत्यावश्यक भएमा मात्र सार्वजनिक सवारीसाधनको प्रयोग गर्न पनि आग्रह गरे । उनले अत्यावश्यक अवस्थामा सावधानी अपनाएर सार्वजनिक यातायातमा सवारी गर्नुपर्ने सुझाव दिएका छन् ।

‘यात्रा गर्नैपर्ने अवस्था भएमा मात्र यात्र गर्नुहोला । यात्राका क्रममा पनि हरेक यात्रु वा व्यक्तिले कोभिड संक्रमण गराउन सक्छ भन्ने हेक्का राख्न होला ।’, डा. गौतमले भने ।

उनले एकअर्काबीचमा कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिनुहुन समेत अनुरोध गरे ।

डा गौतमले आफूलाई कोभिड संक्रमण भएको वा संक्रमणको शंका लागेको वा कोभिडको मिल्दोजुल्दो लक्षण भएको अवस्थामा सार्वजनिक यातायात प्रयोग नगरीदिनु हुन समेत सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : ०७ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरासयी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण