सार्वजनिक यातायातमा यात्रा गर्दा विशेष सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय « Khabarhub

सार्वजनिक यातायातमा यात्रा गर्दा विशेष सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

सरकारको निर्णयसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु चल्न थालेपछि मन्त्रालयले यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको प्रतिकूल अवस्थामा पनि सार्वजनिक सवारी साधन संचालनमा आएकोले विशेष सावधानी अपनाउन आग्रह गरेका हुन् ।

‘सर्वसाधारणहरुको जनजीवनमा सहजता होस् भनेर प्रतिकूल अवस्थाका बाबजुत सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘ जनस्वास्थ्यको मापदण्डलाई मध्येनजर गर्नुहोला । कोभिडको समस्या समाधान भयो र सार्वजनिक यातायात सुचारु भए भनेर नबुझिदिनुहुन अनुरोध छ ।’

डा गौतमले सार्वनजिक यातायातको यात्रा कोभिड १९ को संक्रमण भन्दा अगाडिको समयको जस्तो सहज र सुरक्षित नभएको बताए ।

डा गौतमले अत्यावश्यक भएमा मात्र सार्वजनिक सवारीसाधनको प्रयोग गर्न पनि आग्रह गरे । उनले अत्यावश्यक अवस्थामा सावधानी अपनाएर सार्वजनिक यातायातमा सवारी गर्नुपर्ने सुझाव दिएका छन् ।

‘यात्रा गर्नैपर्ने अवस्था भएमा मात्र यात्र गर्नुहोला । यात्राका क्रममा पनि हरेक यात्रु वा व्यक्तिले कोभिड संक्रमण गराउन सक्छ भन्ने हेक्का राख्न होला ।’, डा. गौतमले भने ।

उनले एकअर्काबीचमा कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिनुहुन समेत अनुरोध गरे ।

डा गौतमले आफूलाई कोभिड संक्रमण भएको वा संक्रमणको शंका लागेको वा कोभिडको मिल्दोजुल्दो लक्षण भएको अवस्थामा सार्वजनिक यातायात प्रयोग नगरीदिनु हुन समेत सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : ०७ बजे

सरकारले भन्यो : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिनेछ

काठमाडौं – सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका

राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्।