कुन बैंकको आर्थिक अबस्था कस्तो ? | Khabarhub Khabarhub

कुन बैंकको आर्थिक अबस्था कस्तो ?

बैंकमा कोरोनाको प्रभाव


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा पनि नराम्रो असर पारेको छ ।

नेपालका वाणिज्य बैंकहरुलाई पनि कोरोनाले नराम्रो गरी गाँजेको छ । कोरोना भाइरस संक्रमणकै कारण बैंकको नाफा पनि घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार यो वर्ष बैंकहरुको नाफा ११ प्रतिशत घटेको छ । यो भनेको ६ अर्ब २७ करोड रुपैयाँ हो ।

कृषि विकास बैंक र प्रभु बैंक बाहेक शुक्रबार २५ बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा ११ प्रतिशतमा घटेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणले आर्थिक गतिविधि प्राय: ठप्प हुँदा बैंकिङ कारोबार घटेको र कारोबारसँगै नाफा पनि घटेको बैंकरहरु भनाइ छ ।

सामान्य अवस्था रहेको अवस्थामा भने बैंकको नाफा बढ्ने अपेक्षा गरिएको थियो । बैंकहरुका अनुसार अवस्था सामान्य रहँदा १५ देखि २५ प्रतिशतसम्म नाफा बढ्ने थियो ।

सरकारले केन्द्रीय बैंकमार्फत् बैंकिङ क्षेत्रलाई प्रयोग गरेर ऋणीलाई राहत दिएका कारण पनि बैंकको नाफा घटेको हो ।

गत आर्थिक वर्षमा २५ बैंकले ५१ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी बैंकले ५७ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएका थिए ।

धेरैको नाफा घट्यो, केहीको बढ्यो

बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार केहि बैंकको नाफा बढेको छ भने धेरैको घटेको छ । २५ बैंकमध्ये ७ वटाले नाफा बढाएका छन् । १८ बैंकको नाफा भने घटेको छ ।

सेञ्चुरी, ग्लोबल आइएमई, एनसीसी, मेगा, प्राइम, एनआईसी एशिया र एनएमबीले कोरोनाको महामारीकै बीच पनि अघिल्लो वर्षको तुलनामा नाफा बढाएका छन् । सेञ्चुरीले ३३.९७ प्रतिशत, ग्लोवल आइएमईले ११ प्रतिशत, एनसीसीले १०.७४ प्रतिशत, मेगाले ५.५७ प्रतिशत, प्राइमले ४.२७ प्रतिशत, एनआइसी एशियाले ३.२४ प्रतिशत र एनएमबि बैंकले ०.५९ प्रतिशत खुद नाफा बढाएका छन् ।

त्यसैगरी सिभिल, नेपाल एसबीआई, कुमारी, माछापुच्छ्रे, सानिमा, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काण्ठमाण्डू, नेपाल बंगलादेश, स्ट्याण्डर्ड च्यार्टर्र्ड, सनराइज, एभरेष्ट, नबिल, सिद्धार्थ, हिमालयन, राष्ट्रिय वाणिज्य र नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा सिभिल बैंकको घटेको छ । सिभिल बैंकको नाफा ३५.३९ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल एसबीआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ । कम नाफा घट्ने बैंकका रुपमा कुमारी बैंक रहेको छ । कुमारी बैंकको नाफा ०.३१ प्रतिशतले घटेको छ । यो वर्ष कुमारी र देव विकास बैंक मर्च भएका थिए ।

त्यसैगरी माछापुच्छ्रेको २६.२२ प्रतिशत, सानिमाको २४.५६ प्रतिशत, सिटिजन्स बैंकको २३.७२ प्रतिशत, नेपाल इन्भेष्टमेन्टको २२.६३ प्रतिशत, बैंक अफ काण्ठमाण्डूको २२.२१ प्रतिशत र नेपाल बंगलादेशको २०.७५ प्रतिशतले खुद नाफा घटेको छ ।

स्ट्याण्डर्ड च्यार्टर्र्डको १८.५१ प्रतिशत, सनराइजको १८.३५ प्रतिशत, एभरेष्टको १८.१४ प्रतिशत, नबिलको १५.८५ प्रतिशत र राष्ट्रिय वाणिज्यको ११.७७ प्रतिशतले नाफा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्म सिद्धार्थको ८.२६ प्रतिशत, हिमालयनको ८ प्रतिशत, नेपाल बैंकको १.५ प्रतिशत र कुमारी बैंकको ०.३१ प्रतिशतले खुद नाफा घटेको छ ।

कोरोनाको असर र राष्ट्र बैंकले ऋणीलाई दिएको सहुलियतका कारण २०७७ असार मसान्तमा वाणिज्य बैंकहरुको उठ्नुपर्ने ५१ अर्ब ७५ करोड रुपैयाँ ब्याज र किस्ता उठ्न नसक्दा बैंकको वित्तीय विवरणमा असर परेको हो ।

बैंकले सार्वजनिक गरेको विवरण

कुन बैंकले कति दिन सक्छन् लाभांस

सार्वजनिक विवरण अनुसार २४ बैंकले औसतमा ११.३२ प्रतिशत लाभांश गत वर्षको नाफाबाट दिन सक्नेछन् ।

गत वर्षको नाफाबाट नविल बैंकले सबैभन्दा बढी अर्थात् ३०.१२ प्रतिशत लाभांश दिन सक्छ । ०७७ असार मसान्तमा १ अर्ब १५ करोड रुपैयाँ किस्ता र ब्याज उठाउन नसक्दा पनि गत वर्ष ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जसमध्ये ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ ।

नविल बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट गत आर्थिक वर्ष २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर गरी कूल ३४ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले २४.७६ प्रतिशत लाभांश दिने क्षमता राख्छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट यो बैंकले गत वर्ष २२.५ प्रतिशत नगद लाभास दिएको थियो ।

चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता भएको अवस्था बाहेक चाटर्ड बैंकले नगद लाभांश दिँदै आएको छ ।

त्यस्तै नेपाल बैंकले ०७७ असार मसान्तमा उठ्नुपर्ने ६ अर्ब १४ करोड रुपैयाँ किस्ता र ब्याज उठाउन नसक्दा पनि गत वर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई २०.४८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

बैंकले गत वर्ष १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत बोनस सेयर गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी, गत आर्थिक वर्षको नाफाबाट एभरेष्ट बैंकले १९.६२ प्रतिशत लाभांश दिनसक्ने क्षमता राख्छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो ।

एभरेष्ट बैंकले गत वर्ष सेयरधनीलाई बाँड्न मिल्ने १ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ छ भने ८ अर्ब १८ करोड रुपैयाँ रिजर्भ छ ।

गत आर्थिक वर्षमा एनआइसी एशियाले ३ अर्ब १२ करोड रुपैयाँ नाफा कमाको छ । जसमध्ये १ अर्ब ४४ करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । जसअनुसार एनआइसी एशियाले सेयरधनीलाई यो वर्ष १४.८३ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंकले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

हिमालयन बैंकले २ अर्ब ५४ करोड रुपैयाँमा नाफा कमाएको छ । जसमध्ये १ अर्ब ३० करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.९६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सानिमा बैंकले ०७७ असार मसान्तमा उठ्नुपर्ने १ अर्ब २४ करोड रुपैयाँ ब्याज र किस्ता उठाउन सकेन । तैपनि गत आर्थिक वर्ष सानिमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । जसमध्ये १ अर्ब ११ करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षमा लक्ष्मी बैंकले १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । जसमध्ये १ अर्ब १२ करोड ७२ लाख रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट यो वर्ष ११.४१ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ भने रिजर्भमा २ अर्ब ५४ करोड रुपैयाँ छ ।

गत वर्षको नाफाबाट बैंक अफ काठमाण्डू, प्राइम र एसबीआइले ११ प्रतिशत लाभांश दिने क्षमता राख्नछन् भने एनएमबिले १० प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

२४ वटा बैंकमा १२ वटा बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा बढी छ भने १२ वटा बैंकको क्षमता १० प्रतिशतभन्दा कम छ ।

माछापुच्छ्रे बैंकले ९.६१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ९ प्रतिशत, सिटिजन्सले ९.०३ प्रतिशत लाभांश क्षमता राख्छन् । सिद्दार्थको ८.४५ प्रतिशत लाभांश क्षमता छ ।

मेगाको ८.४५ प्रतिशत, सनराइजको ५.८९, कुमारीको ५.६७ र एनबीको ५.१६ प्रतिशत लाभांश क्षमता छ ।

यस्तै लाभांशका हिसाबले लामो समय नम्बर वान रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश क्षमतामा उच्च गिरावट आएको छ । गत आर्थिक वर्षको नाफाबाट इन्भेष्टमेन्टले ४.५८ प्रतिशतमात्रै लाभांश दिने क्षमता राख्छ ।

त्यसैगरी, सेञ्चुरीको लाभांश दिने क्षमता ४.०२ प्रतिशत छ भने सिभिल बैंकको लाभांश दिने क्षमता सबैभन्दा कम अर्थात् ३.१५ प्रतिशत छ ।

कोरोनाको असर नाफा देखिएपछि अधिकांश बैंकको लाभांश क्षमता घटेको हो । बैंकहरुको लाभांश दिने क्षमतामा कमी आएसँगै वित्तीय क्षेत्रको ७५ प्रतिशत हिस्सा रहेको सेयर बजार प्रभावित हुने आँकलन गर्न सकिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ०७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको