इजरायलमा कोरोना संक्रमण बढेपछि दोस्रो पटक लकडाउन | Khabarhub Khabarhub

इजरायलमा कोरोना संक्रमण बढेपछि दोस्रो पटक लकडाउन


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन गरिने भएको छ ।

महामारी  फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रो पटक लकडाउन गर्न लागिएको हो । यो लकडाउन तीन सातासम्म जारी रहने जनाइएको छ ।

दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले फेरि लकडाउन गर्न लागिएको जनाएका हुन् ।

लकडाउनको विरोधमा एक मन्त्रीले भने राजीनामा दिएका छन्  ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ९० लाख जनसंख्या भएको इजरायलमा कोरोना संक्रमणबाट १ हजार १०८ जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजारभन्दा बढीलाई संक्रमण भएको छ।

यसअघि त्यहाँ मार्चको अन्त्यदेखि मेको पहिलो सातासम्म लकडाउन गरिएको थियो।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : ३३ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै