नेप्सेमा झिनो सुधार « Khabarhub

नेप्सेमा झिनो सुधार


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ । कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर रु तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ मूल्यमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई रु २० खर्ब ४८ अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु २० करोड ४३ लाख आठ हजार ६६८ बराबरको कारोबार भयो । नेपाल बैंक लिमिटेड रु १२ करोड ८४ लाख ४० हजार १६५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५१ लाख ६७ हजार ५६०, नेको इन्स्योरेन्स कम्पनी रु ११ करोड ३४ लाख ६८ हजार २२७ र सूर्या लाइफ इन्स्योन्स कम्पनी रु आठ करोड २४ लाख ८५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर कम्पनी १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९८, रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९६, यूनियन हाइड्रो पावर ९.८६, रिडी हाइड्रोपावर ९.५२ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.५२ ले कमाए ।

राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ८.१७, राष्ट्रिय बीमा कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ४.१०, नेपाल सेवा लघुवित्त ३.६५ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.४५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ३३ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना