नेप्सेमा झिनो सुधार « Khabarhub

नेप्सेमा झिनो सुधार


२९ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ । कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर रु तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ मूल्यमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई रु २० खर्ब ४८ अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु २० करोड ४३ लाख आठ हजार ६६८ बराबरको कारोबार भयो । नेपाल बैंक लिमिटेड रु १२ करोड ८४ लाख ४० हजार १६५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५१ लाख ६७ हजार ५६०, नेको इन्स्योरेन्स कम्पनी रु ११ करोड ३४ लाख ६८ हजार २२७ र सूर्या लाइफ इन्स्योन्स कम्पनी रु आठ करोड २४ लाख ८५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर कम्पनी १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९८, रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९६, यूनियन हाइड्रो पावर ९.८६, रिडी हाइड्रोपावर ९.५२ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.५२ ले कमाए ।

राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ८.१७, राष्ट्रिय बीमा कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ४.१०, नेपाल सेवा लघुवित्त ३.६५ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.४५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ५ : ३३ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको