हालसम्म काठमाडौं उपत्यकामा मात्रै कोरोनाले ८४ को मृत्यु , ६ हजार बढी सक्रिय संक्रमित | Khabarhub Khabarhub

हालसम्म काठमाडौं उपत्यकामा मात्रै कोरोनाले ८४ को मृत्यु , ६ हजार बढी सक्रिय संक्रमित


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा मात्र ६ हजार ४४४ जना सक्रिय कोरोना संक्रमित रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म काठमाडौं उपत्यकका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ६ हजार ४४४ जना सक्रिय संक्रमित छन् ।

ती मध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । मन्त्रालयको तथ्यांकका अनुसार काठमाडौंमा मात्र ५ हजार ४४६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै भक्तपुरमा ५०१ जना र ललितपुरमा ४९७ जना सक्रिय संक्रमित छन् ।

तीनै जिल्लामा हालसम्म १२ हजार २५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये काठमाडौंका मात्र १० हजार २८ जना, भक्तपुरका १ हजार ३२ जना र ललितपुरका १ हजार १९० जना रहेका छन् ।

ती संक्रमित मध्ये तीनै जिल्लाामा हालसम्म ५ हजार ७२२ जनाले कोरोना जितिसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमण जित्नेहरुमा पनि काठमाडौंका ४ हजार ५२०, भक्तपुरका ५१८ र ललितपुरका ६८४ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांक

काठमाडौं उपत्यकामा हालसम्म ८४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा काठमाडौंका ६२ जना, भक्तपुरका १३ जना र ललितपुरका ९ जना रहेका छन् ।

नयँ थपिएका संक्रमित मध्ये उपत्यकाका मात्रै ४३ प्रतिशत

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर १ हजार १७० जनामा कोरोना पुष्टि भएको छ । त्यो मध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ५१२ जना रहेका छन् । जसमा काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यो तथ्यांकलाई हेर्दा देशभरको नयाँ थपिएका संक्रमित मध्ये उपत्यकामा मात्रै ४३.७६ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांक

उपत्यकाका अस्पतालमा १ हजार ८४३ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा १ हजार ८४३ जना कोरोना संक्रमित उपचारत छन् ।

ती मध्ये १७५ जना सोमबार नै अस्पताल भर्ना भएका तथा कोरोना पुष्टि भएका नयाँ संक्रमित हुन् ।

उपत्यकाका २१ वटा अस्पतालहरुमा १ हजार ७१० जना आइसोलेसनमा रहेका छन् । यस्तै १०८ जना आईसीयु र २५ जना संक्रमित उपत्यकामै भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ३१ बजे

नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी