आन्तरिक उडान र लामो दुरीका यातायात असोज ५ देखि खुलाउने सरकारको निर्णय « Khabarhub

आन्तरिक उडान र लामो दुरीका यातायात असोज ५ देखि खुलाउने सरकारको निर्णय


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोना भाइरसको महामारीको त्रासकाबीच दशैँ तिहारजस्ता चाडबाड सुरू हुनै लाग्दा नागरिकस्तरबाट लामो दूरीका सवारी साधन के हुने भन्ने चासो बढिरहेका बेला सरकारले सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य सावधानीका उपाय अपनाउँदै सवारीसाधन चलाउन दिने भन्ने मापदण्ड सम्बन्धित मन्त्रालयले गर्नेछन् ।

अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भएपनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन ।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो।

निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : २७ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले