काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएपनि नयाँ नियुक्ति गरेको छैन ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्त गर्ने चर्चा चलेपनि यस विषयमा कुनै निर्णय नभएको एक मन्त्रीले बताए ।
‘बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यस विषयमा के कसो हुन्छ कानुनी कुरा बुझौं भन्नुभयो, निर्णय भएको छैन,’ एक मन्त्रीले भने ।
बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले खबरहबलाई जानकारी दिए ।
यसैगरी आजको बैठकले असोज पाँचबाट आन्तरिक हवाइ उडान तथा लामो दूरीका सवारी साधन समेत खुलाउने निर्णय गरेको उनले बताए ।
प्रतिक्रिया