रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइए पोखरेल | Khabarhub Khabarhub

रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइए पोखरेल


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको रक्षामन्त्रीको जिम्मेवारी खोसिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् हेरफेरमा पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी तोकेका छन्।

नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन्।

बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल अर्थमन्त्रीका रुपमा भित्रिएका छन्। त्यस्तै कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्।

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ मन्त्रालयको नेतृत्व रिक्त थियो।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएसँगै खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : २३ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै