काठमाडौं- नवनियुक्त मन्त्रीहरूको सपथग्रहण विहीबार (भोलि) हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यालय स्रोतका अनुसार पुनर्गठनमा परेका नयाँ मन्त्रीहरूले विहीबार सपथग्रहण गर्नेछन् ।
मन्त्रीमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफै राखेका छन् ।
पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन । यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् ।
यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।
महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया