दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु « Khabarhub

दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भएको सवारी दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा गत शुक्रबार घाइते भएकी उदयपुर बेल्टारकी १८ वर्षीया विद्या कटवालको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

सो दुर्घटनामा विराटनगर महानगरपालिका– ३ की पूजा भट्टराईको गत शुक्रबार नै मृत्यु भएको थियो ।

अटो चालक विराटनगर – १३ का ४५ वर्षीय वीरबहादुर श्रेष्ठ घाइते छन् ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले दुई युवती सवार को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : १२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट