हेलो नेपालको टावरमा आगजनी « Khabarhub

हेलो नेपालको टावरमा आगजनी


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ ।

धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ ।

आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १२ : ५० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट