अमेरिकी विदेशमन्त्री पोम्पेओले सात देशको भ्रमण गर्ने | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्री पोम्पेओले सात देशको भ्रमण गर्ने


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने भएका छन् ।

शनिबार नै उनी युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लागेको बताइएको हो । उनी यस भ्रमणका क्रममा वेस्ट ब्यांकमा पनि जाने भएका छन् ।

अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएका छन् । वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएपछि अमेरिकी विदेशमन्त्री पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

अमेरिकाका राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गरेर देशमा अन्योल छाएको बेलामा ट्रम्प प्रशासनका विदेशमन्त्री भने लामो विदेश भ्रमणमा निस्किन लागेको भन्दै अमेरिकी सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन् ।

उनी फ्रान्स, टर्की, जर्जिया, इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबिया जानुहुने अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उनको यो विदेश भ्रमणलाई अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएपछि गरिने एक महत्वपूर्ण भ्रमणका रुपमा पनि लिइएको छ ।

वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएका छन् । त्यसपछि पनि निर्वाचनमा धाँधली भएकोले आफूले परिणाम स्वीकार नगर्ने चेतावानी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

तर पनि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने हालै आयोजित एक कार्यक्रममा अमेरिकाको संक्रमणकालको यो व्यवस्थापन सजिलोसँग र सहज रुपमा हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १ : ३५ बजे

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा