जवानको रगतले महिलाको ज्यान बच्यो « Khabarhub

जवानको रगतले महिलाको ज्यान बच्यो


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–८ निवासी ४१ वर्षीया सुन बुढाले गर्भपतनका लागि औषधि प्रयोग गर्दा उनको ज्यान जोखिममा पर्‍यो ।

उनी जिल्ला अस्पतालमा भर्ना भइन् । औषधि प्रयोग गर्दा उच्च रक्तस्राव हुँदा उनको ज्यान जोखिममा परेको हो । जोखिममा परेकी ती महिलालाई नेपाल प्रहरीका राजेन्द्र रानाले रगत दिएपछि उनको ज्यान जोगिएको छ ।

औषधि प्रयोग गर्दा रगत बढी बगेर ज्यान जोखिममा रहेका बुढालाई प्रहरी रानाले तीन प्रिन्ट रगत दिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

अझै बुढाको अवस्था नाजुक रहेकाले दुई प्रिन्ट रगतको आवश्यक देखिएको अनमी बोहराले बताइन् । बजारमा रहेका औषधि मेडिकलबाट तीन महिनाको बच्चा फाल्नका लागि औषधि प्रयोग गरेको पाइएको छ ।

यसरी विनापरामर्श औषधि सेवा गर्दा ज्यान जोखिममा हुनाका साथै अन्य महिला पनि अस्पताल भर्ना हुने गरेको अनमी बोहराले बताइन् ।

अस्पतालले गर्भपातको सेवा दिँदै आएको भए पनि बजारमा चर्को मूल्यमा किनेर औषधि सेवन गर्दा महिलालाई समस्या निम्तिने गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : ५५ बजे

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा