पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई थप सुदृढ गर्छः गृहमन्त्री थापा « Khabarhub

पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई थप सुदृढ गर्छः गृहमन्त्री थापा


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – गृहमन्त्री रामबहादुर थापाले पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई थप सुदृढ गर्ने बताएका छन् ।

आज यहाँ प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने दाबी गरे ।

साथै उनले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहको मृगतृष्णा भएको दाबी गरेका छन् ।

गृहमन्त्री थापाले नेपाली जनताले त्यस्ता शक्तिको सपना कहिल्यै पूरा हुन नदिने बताए । उनले नेकपामा देखिएको मतभेदले सरकार र पार्टीलाई अझ सुदृढ गर्ने पनि बताए ।

“यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ,” उनले भने ।

अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गरे । उनले पार्टीभित्रको अन्तरविरोध स्वभाविक प्रक्रिया भएको समेत बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : ३५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ