पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई थप सुदृढ गर्छः गृहमन्त्री थापा « Khabarhub

पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई थप सुदृढ गर्छः गृहमन्त्री थापा


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – गृहमन्त्री रामबहादुर थापाले पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई थप सुदृढ गर्ने बताएका छन् ।

आज यहाँ प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने दाबी गरे ।

साथै उनले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहको मृगतृष्णा भएको दाबी गरेका छन् ।

गृहमन्त्री थापाले नेपाली जनताले त्यस्ता शक्तिको सपना कहिल्यै पूरा हुन नदिने बताए । उनले नेकपामा देखिएको मतभेदले सरकार र पार्टीलाई अझ सुदृढ गर्ने पनि बताए ।

“यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ,” उनले भने ।

अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गरे । उनले पार्टीभित्रको अन्तरविरोध स्वभाविक प्रक्रिया भएको समेत बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : ३५ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच