कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको निधन « Khabarhub

कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको निधन


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ ।

५९ वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाएका थिए ।

उनको लातभियास्थित उपचाररत अस्पतालमा निधन भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल (बिआइएफएफ) का कार्यकारी निर्देशक जेन याङ–जुनले स्थानीय समाचार माध्यमलाई जानकारी दिए ।

एशियाका उत्कृष्ट चलचित्र निर्देशक दुकले ६९ औंँ भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जितेका थिए । उनले एकसठ्ठीऔंँ संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जितेका थिए ।

बर्लिनमा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जितेका उनले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जितेका थिए । ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’ ‘पियटा’ जस्ता चलचित्रका निर्देशक दुकको अन्तिम चलचित्र ‘डिजल्भ’ हो ।

दुकमाथि एक अभिनेत्रीद्वारा यौन र शारीरिक शोषण गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ३ : १० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’