सेवाग्राहीको सहजताका लागि वाणिज्य विभाग परिसरमै बैंकिङ काउन्टर सुचारु | Khabarhub Khabarhub

सेवाग्राहीको सहजताका लागि वाणिज्य विभाग परिसरमै बैंकिङ काउन्टर सुचारु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेवाग्राहीको सहजताका लागि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग परिसरमै बैंकिङ काउन्टर सेवा सुचारु गरिएको छ ।

सेवाग्राहीलाई राजस्व बुझाउन सहजताको लागि विभाग र सिभिल बैंकको सहकार्यमा सोमबारबाट विभाग परिसरमै बैंकिङ काउन्टर सेवा सुचारु गरिएको हो ।

बै‌किङ सेवा सुचारुसँगै विभागमा राजस्व बुझाउन आएका सेवाग्राहीहरु अन्य बैंकमा जानुपर्ने समस्याबाट मुक्त हुने विभागले विश्वास लिएको छ ।

आज विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र सिभिल बैंकका भोलाबहादुर श्रेष्ठले संयुक्त रूपमा काउन्टरको सुरुवात गरेका हुन् ।

सिभिल बैंकको काउन्टर सुचारु गरिएसँगै सरकारी र निजी क्षेत्रकाे सहकार्यबाट सेवा प्रवाहमा थप सहजता भएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

अहिले बैंकबाट राजस्व बुझ्ने काम गरिरहेको भए पनि अझ स्तरीकरण गरी सेवाग्राहीहरुको थप सहजताका लागि ‘इबैं‌किङ’ सेवा समेत प्रदान गर्ने विभागको योजना रहेको उनले बताए ।

यसअघि विभागले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै गत भदौदेखि व्यापारिक फर्म दर्ताको काम समेत अनलाइनबाट गर्ने सुविधा प्रदान गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : ३७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष