सेवाग्राहीको सहजताका लागि वाणिज्य विभाग परिसरमै बैंकिङ काउन्टर सुचारु « Khabarhub

सेवाग्राहीको सहजताका लागि वाणिज्य विभाग परिसरमै बैंकिङ काउन्टर सुचारु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेवाग्राहीको सहजताका लागि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग परिसरमै बैंकिङ काउन्टर सेवा सुचारु गरिएको छ ।

सेवाग्राहीलाई राजस्व बुझाउन सहजताको लागि विभाग र सिभिल बैंकको सहकार्यमा सोमबारबाट विभाग परिसरमै बैंकिङ काउन्टर सेवा सुचारु गरिएको हो ।

बै‌किङ सेवा सुचारुसँगै विभागमा राजस्व बुझाउन आएका सेवाग्राहीहरु अन्य बैंकमा जानुपर्ने समस्याबाट मुक्त हुने विभागले विश्वास लिएको छ ।

आज विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र सिभिल बैंकका भोलाबहादुर श्रेष्ठले संयुक्त रूपमा काउन्टरको सुरुवात गरेका हुन् ।

सिभिल बैंकको काउन्टर सुचारु गरिएसँगै सरकारी र निजी क्षेत्रकाे सहकार्यबाट सेवा प्रवाहमा थप सहजता भएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

अहिले बैंकबाट राजस्व बुझ्ने काम गरिरहेको भए पनि अझ स्तरीकरण गरी सेवाग्राहीहरुको थप सहजताका लागि ‘इबैं‌किङ’ सेवा समेत प्रदान गर्ने विभागको योजना रहेको उनले बताए ।

यसअघि विभागले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै गत भदौदेखि व्यापारिक फर्म दर्ताको काम समेत अनलाइनबाट गर्ने सुविधा प्रदान गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : ३७ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि