काठमाडौँ महानगरपालिकाले मनायो २६औँ महानगर दिवस « Khabarhub

काठमाडौँ महानगरपालिकाले मनायो २६औँ महानगर दिवस


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी राजनीतिक प्रणाली विकास गर्नुपर्ने बताएका छन ।

कामपाको २६औँ महानगर दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले कामपा जेठो महानगर भएकाले यसले नै अन्य स्थानीय तहलाई राजनीतिक रुपमा नै सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिएका हुन ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कामपाले गर्नुपर्ने काम अझै धेरै रहेको भन्दै अन्य स्थानीय तहलाई उदाहरण मिल्ले गरी काम गर्नुपर्ने धारणा राखे ।

काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सम्वृद्धिको लागि सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याए । कामपा सांस्कृतिक शहर रहेको भन्दै प्रमुख शाक्यले तिनको पहिचान र संरक्षण अहिलेको आवश्यकता रहेको उनले बताए ।

पछिल्लो समय शहरमा दीर्घरोगीको सङ्ख्या बढिरहेको भन्दै कामपाले स्थापना दिवसको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गरेको छ ।

आज नै कामपाले इन्द्रजात्रासँग सम्बन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको छ ।

स्थापना दिवसकै अवसर पारेर महानगरले मेयर्स अवार्डबाट एक जनालाई सम्मान गरेको छ ।

त्यसैगरी उत्कृष्ट कर्मचारी १० जना, जनकमान श्रेष्ठ सुशासन पुरस्कार–२०७७ बाट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारी, महानगर सेवा पदकबाट १० जना जनप्रतिनिधि र १० जना कर्मचारीलाई सम्मान गरेको छ ।

सुशासन पत्रकारिता पुरस्कारबाट १० जना पत्रकारलाई सम्मान गरेको छ ।

सो सम्मानबाट न्यूज एजेन्सी नेपालबाट कृष्ण पौडेल, नयाँ पत्रिका दैनिकबाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहा खवरबाट अतिन आचार्य, खबरहब डटकमबाट सविना कार्की, कान्तिपुर टिभीबाट सिर्जना बाँस्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, नेवाः युट्युब्बाट विजयरत्न तुलाधर असंबरे लहनान्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ र नेपाल भाषा डाइम्स सम्मानित भएका छन् ।

कामपाले विसं २०५२ मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष महानगर दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ४२ बजे

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ– बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक