एक महिनामा ५४ हजार चालकलाई कारवाही « Khabarhub

एक महिनामा ५४ हजार चालकलाई कारवाही


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारवाही गरिएको छ ।

सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको तीन महिने ‘विशेष ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनामा चालकलाई कारवाही गरिएको हो ।

यो अवधिमा झण्डै ४२ हजार जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले दिएको जानकारी अनुसार फुटपाथमा जथाभावी पार्किङ गर्ने पाँच हजार ८१७, जथाभावी हर्न बजाउने एक हजार ५६१, मापसे गरी सवारी चलाउने दुई हजार ७८४, लेन अनुशासन पालना नगर्ने तीन हजार ४१, जथाभावी पिक एण्ड ड्रप गर्ने दुई हजार ४२ र बढी भाडा लिने ८२९ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

यो समयमा पाँच हजार ६४६ सार्वजनिक भाडाका सवारी चालक र सहचालक, एक हजार ६४४ ट्याक्सी चालक, नौ हजार ७५ मोटरसाइकल चालक, ५७ सरकारी सवारीका चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको छ ।

यस्तै २१ हजार ३७६ पैदलयात्री, ७१७ सङ्घ संस्थाका सवारी चालक तथा तीन हजार २२० विद्यार्थीलाई पनि सचेत गराइएको महाशाखाले जनाएको छ । अभियान अन्तर्गत जथाभावी बाटो काट्ने एक हजार ६१० पैदलयात्रीलाई तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : २७ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक