लुम्बिनी विकास बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न « Khabarhub

लुम्बिनी विकास बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित लुम्विनी विकास बैंक लि. को पौष २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विकास बैंकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, आ.व २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित भएको थियो ।

साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको २०७६ मंसीर मसान्त सम्म कर्जा लगानी रु २३ अरब ९४ करोड, साथैे निक्षेप संकलन रु २७ अरब ८ करोड रहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क अन्र्तगतको ATM बाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : ०० बजे

उदयपुरमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र