कोरोनाभाइरस निको पार्ने औषधि पत्ता लगाएको अन्वेषकहरुको दावी | Khabarhub Khabarhub

कोरोनाभाइरस निको पार्ने औषधि पत्ता लगाएको अन्वेषकहरुको दावी


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमणबाट विश्व आक्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुको एक समूहले भने कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् ।

चिकित्सकहरुको (वैज्ञानिक) समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा परीक्षण गर्न बाँकी नै रहेको छ।

मानव शरीरमा यसको परिक्षण तत्कालै सुरु भए पनि परिणाम आउन महिनौं लाग्न सक्ने बताइएको बीबीसीका हेग संवाददाता आना हलिगानको भनाइ छ ।

इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट  सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ ।

उनीहरुले कोरोना भाइरस(कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै  त्यसलाई कोरोना परिवारको भाइरसको रुपमा अर्थ्याएका छन् ।

अहिले विश्वभर देखिएको महामारीको जिम्मेवार कोराना परिवारबाटै उत्पत्ति भएको भाइरस रहेको दाबी समेत वैज्ञानिकहरुले गरेका छन् ।

अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स महामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मुल पार्ने औषधि बनाउनका लागि समेत काम गरिसकेको बताइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ४३ बजे

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई

सांसद र दललाई सभामुखको प्रश्न: जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका भइरहेको छ ?

काठमाडौं– नौ वर्षको अवधिमा संसदमा दलहरुले गरेका गतिविधि, दिएका चर्का

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो

एजेनसी – इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा