कोरोनाभाइरस निको पार्ने औषधि पत्ता लगाएको अन्वेषकहरुको दावी « Khabarhub

कोरोनाभाइरस निको पार्ने औषधि पत्ता लगाएको अन्वेषकहरुको दावी


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको संक्रमणबाट विश्व आक्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुको एक समूहले भने कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् ।

चिकित्सकहरुको (वैज्ञानिक) समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा परीक्षण गर्न बाँकी नै रहेको छ।

मानव शरीरमा यसको परिक्षण तत्कालै सुरु भए पनि परिणाम आउन महिनौं लाग्न सक्ने बताइएको बीबीसीका हेग संवाददाता आना हलिगानको भनाइ छ ।

इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट  सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ ।

उनीहरुले कोरोना भाइरस(कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै  त्यसलाई कोरोना परिवारको भाइरसको रुपमा अर्थ्याएका छन् ।

अहिले विश्वभर देखिएको महामारीको जिम्मेवार कोराना परिवारबाटै उत्पत्ति भएको भाइरस रहेको दाबी समेत वैज्ञानिकहरुले गरेका छन् ।

अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स महामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मुल पार्ने औषधि बनाउनका लागि समेत काम गरिसकेको बताइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ४३ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको