घर भित्र कम बस्ने अरुभन्दा जवान ! « Khabarhub

घर भित्र कम बस्ने अरुभन्दा जवान !


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जवान हुन कसलाई मन नहोला ? मानिसहरु आफुलाई सकेसम्म राम्रो र जवान देखाउन अनेक उपाय गर्दछन् ।

तर कतिपय मेहनत र उपाय ब्यर्थ हुने गर्दछ । यसको एक कारण हो, अव्यवस्थित जीवनशैली र खानपान । जसले मानिसलाई उमेरभन्दा बुढो देखाउँछ । खासमा मानिसको आयु उसको छालाले संकेत गर्दछ । तसर्थ छाला स्वस्थ्य राख्न र सधै जवान देखिन यि उपाय अपनाउनु लाभदायि हुन्छ ।

१. घर भित्र कम बस्नु

घरभित्र भन्दा घर बाहिर धेरै समय बिताउने मानिसहरु अरुभन्दा जवान देखिने गर्दछन् । घर बाहिर रहँदा सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डीले मानिसको छालामा सकारात्मक असर पार्ने भएकाले यसले कम उमेरको देखाउन मद्दत पुर्याउँछ ।

२. पारिवारिक सम्बन्ध

विवाद वा कलहमा रहने मानिस भन्दा आफ्ना साथी र परिवारसँगको राम्रो सम्बन्ध हुनेहरु जवान देखिने गर्दछन् । राम्रो सम्बन्ध भएकै कारण अनावश्यक तनाव नहुने साथै प्रत्यक्षरुपमा स्वास्थ्यमा समेत यो सम्बन्धमा असर पार्ने भएकाले लाभ मिल्दछ ।

३. शारीरिक अभ्यास

दैनिक शारीरिक अभ्यास गर्नेहरुमा पनि अन्य मानिसको तुलनामा आयु बढि हुने गर्दछ । शारीरिक अभ्यास गर्ने मानिस वास्तविक उमेरभन्दा ९ वर्ष युवा देखिने गर्दछन् । तर, शारीरिक अभ्यास दिनहुँ जारी राख्नु पर्दछ । अन्यथा यो हानिकारक पनि बन्न सक्छ ।

४. यौन सम्बन्ध

नियमित यौनसम्पर्क गर्नेहरुको पनि आयु लामो हुने गर्दछ । अन्य मानिसको तुलनामा यौन सम्पर्क गर्ने मानिसको मृत्युदरमा ५० प्रतिशत कम हुन्छ । यस्ता मानिस आफ्नो वास्तविक उमेर भन्दा जवान र फिट हुने गर्दछन् ।

५. शाकाहारी बन्नु

मांसाहारी मानिसको भन्दा शाकहारी मानिसको आयु तुलनात्मक रुपमा बढि हुने गर्दछ । शाकाहारीले खराब फ्याट कम खपत गर्छन् । यसले राम्रो पाचन प्रणाली र तौल कम पनि हुन्छ । साथै शाकाहारीहरु मांसाहारी भन्दा जवान समेत देखिन्छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ४७ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।