यशको ‘केजीएफ २’ पनि दशैंमै रिलिज, के होला त महाभिडन्त ? « Khabarhub

यशको ‘केजीएफ २’ पनि दशैंमै रिलिज, के होला त महाभिडन्त ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मको व्यापार चाडबाडमा अझ राम्रो हुने गर्छ । त्यसैले पनि होला, बरु मेकरले फिल्मको भीडन्त गराउन तयार हुन्छन् तर दशैंमा रिलिज मिति छोड्दैनन् ।

दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ को प्रचारका बेला भनेका थिए – हामीले अब दशैंमा फिल्म ल्याउँदैनौं, हामीले जहिले फिल्म रिलिज गर्छौं, त्यहीबेला दशैं हुन्छ ।

तर, आफैले बोलेको कुरामा दीपक केही महिना पनि टिकेनन् । उनको टिमले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ दशैंको छेको पारेर नै रिलिज भयो । फिल्ममा देखिएको राजनीतिले गर्दा उक्त फिल्म दशैं लगत्तै रिलिज भएको थियो ।

आगामी दशैंका लागि राम्रा मेकरले फिल्मको रिलिज मिति तोकेका छन् । झरना थापा, दीपकराज गिरी, प्रदीप भट्टराई र महजोडीले नयाँ फिल्म दशैंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । रामबाबु गुरुङ पनि नयाँ फिल्मका साथ दशैंमा नै प्रदर्शनमा आउने तयारीमा छन् ।

यी बाहेक अरु फिल्मले पनि दशैंको दाउ पार्न खोजेका छन् । जे होस्, दशैंमा महाभीडन्त हुने पक्काजस्तै देखिएको छ ।

यही मितिबाट कन्नड फिल्म ‘केजीएफ २’ पनि प्रदर्शनमा आउने भएको छ । फिल्मको पहिलो भागले नेपालमा ५१ औं दिन मनाउन सफल भएको थियो । दोस्रो भागको लामो समयदेखि प्रतीक्षा भएकाले पनि फिल्मले दर्शकको ध्यान खिच्ने निश्चित छ ।

यता एकसाथ रिलिज गर्न भन्दै तम्सिएका मेकर दीपकराज, प्रदीप, रामबाबु, झरना लगायतले पनि दर्शक हलसम्म तान्न सफल फिल्म बनाउँदै आएका छन् ।

अहिलेसम्मको दाबीअनुसार ती मेकरका फिल्म पनि दशैंमै रिलिज हुनेछन् । कतिले त अझ कार्तिक ७ गतेलाई नै रिलिज मिति तोकेका छन् ।

नेपाली फिल्मबीच प्रतिस्पर्धा गराउन मेकर त तम्सिएका थिए । अब झन् प्रतीक्षित फिल्म ‘केजीएफ २’ पनि थपिएको छ ।

दशैंमा फिल्मबीच महाभिडन्त हुन्छ या भागाभाग हुन्छ त्यो भने समयले बताउँदै जाला ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ४१ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र