यशको ‘केजीएफ २’ पनि दशैंमै रिलिज, के होला त महाभिडन्त ? | Khabarhub Khabarhub

यशको ‘केजीएफ २’ पनि दशैंमै रिलिज, के होला त महाभिडन्त ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मको व्यापार चाडबाडमा अझ राम्रो हुने गर्छ । त्यसैले पनि होला, बरु मेकरले फिल्मको भीडन्त गराउन तयार हुन्छन् तर दशैंमा रिलिज मिति छोड्दैनन् ।

दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ को प्रचारका बेला भनेका थिए – हामीले अब दशैंमा फिल्म ल्याउँदैनौं, हामीले जहिले फिल्म रिलिज गर्छौं, त्यहीबेला दशैं हुन्छ ।

तर, आफैले बोलेको कुरामा दीपक केही महिना पनि टिकेनन् । उनको टिमले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ दशैंको छेको पारेर नै रिलिज भयो । फिल्ममा देखिएको राजनीतिले गर्दा उक्त फिल्म दशैं लगत्तै रिलिज भएको थियो ।

आगामी दशैंका लागि राम्रा मेकरले फिल्मको रिलिज मिति तोकेका छन् । झरना थापा, दीपकराज गिरी, प्रदीप भट्टराई र महजोडीले नयाँ फिल्म दशैंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । रामबाबु गुरुङ पनि नयाँ फिल्मका साथ दशैंमा नै प्रदर्शनमा आउने तयारीमा छन् ।

यी बाहेक अरु फिल्मले पनि दशैंको दाउ पार्न खोजेका छन् । जे होस्, दशैंमा महाभीडन्त हुने पक्काजस्तै देखिएको छ ।

यही मितिबाट कन्नड फिल्म ‘केजीएफ २’ पनि प्रदर्शनमा आउने भएको छ । फिल्मको पहिलो भागले नेपालमा ५१ औं दिन मनाउन सफल भएको थियो । दोस्रो भागको लामो समयदेखि प्रतीक्षा भएकाले पनि फिल्मले दर्शकको ध्यान खिच्ने निश्चित छ ।

यता एकसाथ रिलिज गर्न भन्दै तम्सिएका मेकर दीपकराज, प्रदीप, रामबाबु, झरना लगायतले पनि दर्शक हलसम्म तान्न सफल फिल्म बनाउँदै आएका छन् ।

अहिलेसम्मको दाबीअनुसार ती मेकरका फिल्म पनि दशैंमै रिलिज हुनेछन् । कतिले त अझ कार्तिक ७ गतेलाई नै रिलिज मिति तोकेका छन् ।

नेपाली फिल्मबीच प्रतिस्पर्धा गराउन मेकर त तम्सिएका थिए । अब झन् प्रतीक्षित फिल्म ‘केजीएफ २’ पनि थपिएको छ ।

दशैंमा फिल्मबीच महाभिडन्त हुन्छ या भागाभाग हुन्छ त्यो भने समयले बताउँदै जाला ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ४१ बजे

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर