कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यकः प्रधानमन्त्री ओली « Khabarhub

कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यकः प्रधानमन्त्री ओली


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।

आइतबार सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्ध लड्न साझा धारणा बनाउन गरेको प्रयासलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले नेपालमा एक जनामा संक्रमण देखिएको भएपनि उनी निको भइसकेको उल्लेख गरे ।

‘हामीले एकजना संक्रमित निको भइसकेका छन् । हाम्रो प्रयास आफ्नो मुलुकमा भाइरस नआओस् भन्नेमा छ’ ओलीले भने ।

ओलीले नेपाल प्रवेश गर्नेमाथि कडाइ गरिएको जानकारी दिए । उनले भने,‘कोरोना भाइरस नभएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था गरेका छौं । नेपालीहरुलाई विदेश रोजगारीका लागि पनि प्रतिबन्ध लगाएका छौं ।’

प्रधानमन्त्री ओलीले विमानस्थलको हेल्थ डेस्कमा स्क्रिनिङको व्यवस्था गरिएको निश्चित यात्रीलाई आफैं क्वारेन्टाइनमा बस्न भनिएको जानकारी दिए ।

अस्पतालमा कोरोना संक्रमितहरुका लागि विभिन्न वार्डहरु बनाइएको बताउँदै प्रधानमन्त्री ओलीले चिकित्सकहरुलाई व्यक्तिगत सुरक्षाका उपकरण प्रदान गरिएको जानकारी दिए ।

उनले हिमाल आरोहण बन्द गरिएको र अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि स्थगन गरिएको जानकारी सार्कका प्रमुखहरुलाई दिए ।

स्वास्थ्य लाभको कामना गरेकोमा उनले सबैमा आभार व्यक्त गरे ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : १० बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व