क्वारेन्टाइनबाट भाग्न थाले हजारौं भारतीय | Khabarhub Khabarhub

क्वारेन्टाइनबाट भाग्न थाले हजारौं भारतीय


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न ‘लकडाउन’ लागु गरेपछि शहरहरूबाट गाउँतिर पुगेका हजारौँ मानिसहरु क्वारेन्टाइनबाट भाग्न थालेका छन् ।

उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्‌का भवनहरूमा क्वारन्टाइन बनाइएको थियो । तर शहरबाट आएका मानिसहरु गाउँतिर भाग्न थालेका हुन् ।

तर त्यस्ता क्वारेन्टाइनमा सामान्य खालका सुविधाहरु पनि नभएको भन्दै विरोध भइरहेको थियो ।

बिहारका केही क्वारन्टीन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि नि:शुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेश र बिहार भारतका सबैभन्दा धेरै जनसङ्ख्या भएकामध्येका दुई राज्य हुन्। ती दुई राज्यमा गरी ३५ करोड जनसङ्ख्या छ।

सघन बस्ती भएका यस्ता राज्यमा महामारी फैलियो भने भयङ्कर दुर्घटना हुने ठानिएको छ।

यी राज्यका भारतकै अतिविपन्न वर्गमा पर्ने दशौँ लाख मानिसहरू दिल्ली, मुम्बई र कोलकाताजस्ता महानगरमा कामको खोजीमा पस्ने गर्छन्।कैयन् मानिस गुजरात राज्यको कपडा तथा हिरा उद्योगमा काम गर्न पुगेका हुन्छन्।

जब प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा कोभिड-१९ को सङ्क्रमण रोक्न देशव्यापी ‘लकडाउन’ घोषणा गरे तब अचानक कामविहीन एवम् जीविकोपार्जनविहीन बन्न पुगेका लाखौँ मानिस शहरबाट भाग्न थाले।

हजारौँ मानिस घर फर्कन थालेपछि यी दुई राज्यले फर्किएकाहरूका निम्ति अनिवार्य १४ दिने क्वारन्टीनको घोषणा गरेका थिएस्कुल एवम् परिषद् भवनहरूलाई त्यस्ता मानिसहरूलाई राख्ने क्वारन्टीन बनाइयो।

विवरणहरूका अनुसार आफ्ना गाउँ छेउछाउमा खडा गरिएका क्वारन्टीन केन्द्रहरूबाट मानिसहरू या भागेका छन् या लुकीछिपी गाउँघर आउजाउ गरिरहेका छन्।

उत्तर प्रदेशका विभिन्न जिल्लाबाट त्यस्ता क्वारन्टीन उल्लंघनका विवरण आएका छन्। त्यहाँका स्थानीय पत्रकार तथा बासिन्दाले पनि त्यस्तै बताएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : ५१ बजे

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक