सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी « Khabarhub

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल भइरहेको छ ।

सरकारले आजको संसद बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज ४ बजे संसद बैठक बोलाइएको छ ।

बैठकमा पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओली प्रवेश गरेका छन् । यसअघि नै सबै सचिवालय सदस्य बैठक कक्षमा प्रवेश गरिसकेका थिए ।

बैठकमा यसअघि सचिवालय बैठकले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछि अर्को बैठक कहिले बोलाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ५८ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२