महिना असार : कुन दिन के को व्रत ? « Khabarhub

महिना असार : कुन दिन के को व्रत ?


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु पचांग अनुसारको तेश्रो महिना असार स्वास्थ्यका हिसाबले सहि महिना मानिदैन । यस महिनालाई सन्धिकालको महिना भनिन्छ ।

यो महिना वर्षा ऋतुको शुरुवात हुने गर्दछ । यहि महिनामा रोगको संक्रमण सर्वाधिक हुने गर्दछ । यस महीनाबाट वातावरण केहि परिवर्तन देखिन्छ । गर्मीका फल तयार हुने महिना पनि यहि हो ।

असार महिनामा सुर्यसहित भगवान बिष्णु र देवीको उपासना पनि गरिन्छ । यहि महिनामा देवशयनी एकादशी परेकाले त्यस दिन भगवान विष्णु शयनमा जाने मान्यता छ । जसका कारण यो तिथि पश्चात आउँदो ४ महिनासम्म कुनै पनि धार्मिक काम गर्न बर्जित गरिएको छ । जान्नुहोस् असारको कुन तिथिमा के पर्व छ ।

असार १ – आषाढ/मिथुन संक्रान्ती
असार ३ – योगिनी एकादशीव्रत, असार कृष्ण एकादशी
असार ४ –प्रदोष व्रत
असार ५ –दिल्लाचह्रे पूजा
असार ६ – शिव चतुर्दशी व्रत
असार ७ – असार कृष्ण औसीं, खण्डग्रास सुर्यग्रहण
असार ९ –भगवान जगन्नाथको रथयात्रा, त्रिपुष्कर
असार ११ – विनायक चतुर्थी व्रत, भूमिपूजा
असार १२ – स्कन्ध षष्ठी, साई टेऊराम जयन्ती
असार १३ – वैवस्वत मनु पुजन दिवस, देउपाटनमा गंगामाई रथयात्रा, सूर्यपूजा, त्रिपुष्कर
असार १४ – मासिक दुर्गाष्टमी, अष्टमी व्रत, गोरखकाली पूजा
असार १५ – दहिचिउरा खाने दिन
असार १७ – हरिशयनी एकादशी, तुलसी रोप्ने,चर्तुमास व्रत सुरु
असार १८ – प्रदोष व्रत,
असार २० – पुर्णिमा व्रत
असार २१ – गुरु पुर्णिमा, ब्यास जयन्ती, गुरु पूजा दक्षिणामुर्ती पूजा
असार २६ – वितककथा प्रारम्भ
असार २८ – रबि सप्तमी, अष्टमी व्रत
असार २९ – गोरखकाली पूजा, भानुजयन्ती

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ४७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु