डिप बोरिङबाट पानी निकालेपछि ३० हजार जनता लाभान्वित « Khabarhub

डिप बोरिङबाट पानी निकालेपछि ३० हजार जनता लाभान्वित


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ ।

नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा रु ८६ लाख ७० हजारको लागतमा डिप बोरिङ निर्माण गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सतुङ्गल क्षेत्रका जनतालाई खानेपानी पुर्‍याउने उद्देश्यका साथ डिप बोरिङ निर्माण गरिएको जानकारी दिए ।

“डिप बोरिङ गरिएको पानीलाई प्रशोधन गरेर पिउनयोग्य बनाउँछौँ”, उनले भने । यसअघि उक्त क्षेत्रमा खानेपानीको अभाव हुँदै आएको थियो ।

डिप बोरिङ निर्माणका लागि नगरपालिकाले रु ५० लाख, वडा नं १० ले रु ६ लाख ७० हजार तथा वडा नं ११ ले रु ३० लाख बजेट विनियोजन गरेका थिए । यस्तै यही नगरपालिकाले जेठ २६ गते गएको बाढीपहिरोको अध्ययन गरी क्षति सङ्कलन गरिरहेको छ ।

सो दिनको वर्षाले त्रिवेणीधाम, बलम्बु, नैकाप, सतुङ्गल, तीनथानालगायतका क्षेत्रमा क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  २ : १९ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको