डिप बोरिङबाट पानी निकालेपछि ३० हजार जनता लाभान्वित « Khabarhub

डिप बोरिङबाट पानी निकालेपछि ३० हजार जनता लाभान्वित


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ ।

नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा रु ८६ लाख ७० हजारको लागतमा डिप बोरिङ निर्माण गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सतुङ्गल क्षेत्रका जनतालाई खानेपानी पुर्‍याउने उद्देश्यका साथ डिप बोरिङ निर्माण गरिएको जानकारी दिए ।

“डिप बोरिङ गरिएको पानीलाई प्रशोधन गरेर पिउनयोग्य बनाउँछौँ”, उनले भने । यसअघि उक्त क्षेत्रमा खानेपानीको अभाव हुँदै आएको थियो ।

डिप बोरिङ निर्माणका लागि नगरपालिकाले रु ५० लाख, वडा नं १० ले रु ६ लाख ७० हजार तथा वडा नं ११ ले रु ३० लाख बजेट विनियोजन गरेका थिए । यस्तै यही नगरपालिकाले जेठ २६ गते गएको बाढीपहिरोको अध्ययन गरी क्षति सङ्कलन गरिरहेको छ ।

सो दिनको वर्षाले त्रिवेणीधाम, बलम्बु, नैकाप, सतुङ्गल, तीनथानालगायतका क्षेत्रमा क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  २ : १९ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका