तारादेवी पुनको चिन्ता : अभ्यास गर्न नपाउँदा कसरी खेलमा फर्कने ? « Khabarhub

तारादेवी पुनको चिन्ता : अभ्यास गर्न नपाउँदा कसरी खेलमा फर्कने ?



काठमाडौं – नेपाली भारत्तोलनकी सर्वकालीन नम्बर एक महिला खेलाडी तारादेवी पुन अहिले म्याग्दीको आफ्नै गाउँमा छिन् । नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएपछि देशमा लकडाउन हुने चर्चा सुनेसँगै उनी गृहजिल्ला गइन ।

चैत ११ गते सरकारले लकडाउनको घोषणा गर्दा तारादेवी गाउँ पुगिसकेकी थिइन् । घर जाँदा धेरैमा २ हप्ता लकडाउन हुनसक्ने सुनेकी उनले दुई हप्ता घरमा बिताएर फर्कंने योजना बनाएकी थिइन ।

तर लकडाउनको ३ महिना पुग्नै लाग्दा केहि खुकुलो भएपनि खुल्ने छाँटकाँट छैन । घर जाँदा खुसीका साथ गएकी तारादेवी झण्डै २ दशकदेखि यति धेरै समय गाउँमा कहिलै बसेकी थिइनन् ।

अभ्यास गर्नुपर्ने बेलामा घर बसेपछि उनमा चिन्ता पनि सुरु भएको छ । गाउँबस्दाको अनुभव सुनाउँदै उनले भनिन्, ‘यति लामो समय गाउँमा बस्न पाएको थिएन । १८–१९ वर्षपछि म गाउँमा यति धेरै समय घर बसेकी हुँ ।’

अरुबेला धेरैमा १० दिन गाउँ बसेर फर्किंने उनी यसपटक लामो समयबस्दा आफ्ना पुराना दिनको सम्झना गर्न थालेकी छन् । ‘यो १८–१९ वर्षको समय खेलकुदमा लागियो । अहिले घरको काम गर्दा कस्तो अर्कै जस्तो महसुस भइरहेको छ,’ उनले भनिन् ।

आफ्नो पेशा र गाउँमा पुराना दिनमा गरेका काम भिन्नाभिन्नै रहेको उनले महसुस गरेकी छन् । ‘मैले काठमाडौंमा गर्ने काम र गाउँमा गर्ने काममा धेरै अन्तर रहेछ । ठ्याक्कै पूर्व र पश्चिमजस्तो ! शारीरिक श्रम यता पनि गर्नुपर्छ तर, यहाँ बिहान उठेदेखि बेलुका नसुतेसम्म गर्नुपर्छ,’ तारादेवीले आफ्नो अनुभव सुनाइन्, ‘उता (काठमाडौं) २–३ घण्टा जिम गरेपछि बाँकी समय आराम गर्न पाइन्थ्यो तर, गाउँमा त्यस्तो हुँदैन ।’

अहिले गाउँमा कोदो लगाउने समय भइरहेको छ । उनी पनि आमा दिदीहरुसँगै कोदो लगाउन बारीमा जान्छिन् ।

विभागीय टोली नेपाल पुलिसकी खेलाडी तारादेवी गाउँबाट ४–५ घण्टाकोे दुरीमा रहेको घोरेपानी प्रहरी बिटमा हाजिर गरिरहेकी छन् । विभागले घर नजिकको बिटमा ड्युटीमा खटिन निर्देशन दिएको छ । तर, कार्यालयमा काम नभएपछि धेरै समय उनी घरमै हुन्छिन् ।

फेरिएको गाउँ

उनको गाउँमा कोरोनाको त्रास खासै छैन् । लामो समयपछि यति ३ महिना हाराहारी गाउँ बसेकी तारादेवीले गाउँको परिवेश परिवर्तन भएको पाएकी छन् । यसअघि गाउँमा मान्छेहरु हुँदैन थिए । तर, कोरोना कहरका बीच धेरै मानिसहरु शहरबाट गाउँ फर्किएका छन् ।

स्कुल, कलेज पढ्ने विद्यार्थी पनि आमा बुबासँगै खेतबारीमा देखिन थालेका छन् । पहिला बाँझो जग्गामा मानिसहरु काम गर्न थालेका छन् ।

‘अहिले गाउँ धेरै परिवर्तन भएको छ । सबै मानिसहरु गाउँ फर्किएका छन् । पहिला बाँझो जमिन पनि अब केही न केही खेति गर्न लागेका छन,’ गाउँको परिवेशबारे तारादेवी भन्छिन्, ‘स्कुल, कलेजका विद्यार्थी पनि आमा बुबासँग खेतबारीमा जान थालेका छन् । यो सबै कुरा देख्दा खुसी लाग्छ ।’

चिन्ता पुनरागमनको

झण्डै दुई दशक नेपाली भारत्तोलनमा एकछत्र राज गरेकी तारादेवि अहिले खेल जीवनबाट बिदाईको संघारमा छिन् । तारादेवीले आफ्नो बिदाईका लागि यही वर्षको फागुनमा गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद कुरेकी छन् ।

तर, एकाएक विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले बढाएको सन्त्रासले आफ्नो पुनरागमनलाई निक्कै चुनौति देखिएको भन्दै उनले चिन्ता गरिन । चौथो, पाँचौं, छैठौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा लगातार पाँच संस्करण राष्ट्रिय च्याम्पियन बन्दै कीर्तिमान आफ्नो नाममा बनाइसकेकी उनी नवौंमा च्याम्पियन बन्दै बिदा हुने लक्ष्यमा छिन् ।

बढ्दो उमेरले लकडाउनमा लामो समय खेल बाहिर हुँदा पुनरागमनमा असर पर्न सक्ने अनुमान उनको छ । उनको चाहना छ जतिसक्दो छिटो लकडाउन छोट्टियोस र अभ्यासमा फर्कंन पाइयोस ।

‘लकडाउन कहिले रोकिने भन्ने अहिलेसम्म कुनै टुङ्गो छैन । मलाई त अब पुनरागमनमा समस्या पो हुन्छ कि भन्ने चिन्ता लागिरहेको छ,’ पुनरागमनबारे चिन्तित तारादेवीले भनिन्, ‘सानो उमेरका भाइबहिनीहरु छोटो समयमा फर्ममा आउन सक्लान तर, उमेर, शरीरले साथ नदिए मलाई फर्ममा आउन धेरै मेहनत र समय लाग्न सक्छ भन्ने कुराले चिन्ता थपेको छ ।’

मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णका लागि प्रतिस्पर्धा गरेपनि तारादेवीले कास्य पदक हात पार्न सकिन् । यसअघि १२ औं सागमा पनि उनले कास्य पदक जितेकी थिइन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : २५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई