कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड « Khabarhub

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औँ बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट आज प्रस्तुत गरेका हुन ।

प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आव २०७७/७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँ बजेट प्रस्तुत गरिएको छ ।

सोअनुसार पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ रु ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब, ९९ करोड ६५ लाख ९९५० बजेट विनियोजन गरिएको छ ।

चालू खर्चअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु ८७ करोड ४१ लाख, रोजगारीका लागि रु दुई अर्ब ५८ करोड २६ लाख र अन्य कार्य तथा प्रशासनिक खर्च रु आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको छ ।

अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रु ३० करोड छ लाख ५३ हजार, चालु आवको खर्च नभई बचत हुने रकम रु ११ अर्ब १९ करोड नौ लाख ८५ हजार, सङ्घीय सरकारबाट राजश्व बाँडफाँडवापत प्राप्त हुन आएको रु सात अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरणबाट प्राप्त भएको रु नौ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट रु चार अर्ब ४९ करोड ११ लाख परिचालन गरिनेछ

नेपाल सरकारको समपुरक अनुदानवापत् रु २५ करोड २५ लाख, विशेष अनुदानवापत् रु ४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान सहायताबाट सञ्चालित हुने कार्यक्रममा रु एक करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाइएको छ ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको –कोभिड १९ बाट उत्पन्न महामारी, त्यसले सिर्जना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : ५७ बजे

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की

समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध

काठमाडौं– सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी