क्वारेन्टाइमा सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाहीको माग « Khabarhub

क्वारेन्टाइमा सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाहीको माग


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको  क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको एक क्वारेन्टिनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।

“क्वारेन्टिनमा बलात्कार जघन्य अपराध । दोषीलाई कारबाही गर, क्वारेन्टिनको बेथितिमा सरकार आफ्नो अनुहार हेर,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा छ ।

अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेका र क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।

“अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टाइन कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।

तीनै वटा सरकार क्वारेन्टिनमा एउटा चेलीको रक्षा गर्न असमर्थ रहेको भन्दै कांग्रेसले यो भन्दा लज्जास्पद घटना अर्को केही हुन नसक्ने जनाएको छ ।

सरकारले कोरोना रोकथाममा चालेको कदमविरुद्ध दबाब दिन नेपाली कांग्रेसले असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु