क्वारेन्टाइमा सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाहीको माग | Khabarhub Khabarhub

क्वारेन्टाइमा सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाहीको माग


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको  क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको एक क्वारेन्टिनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।

“क्वारेन्टिनमा बलात्कार जघन्य अपराध । दोषीलाई कारबाही गर, क्वारेन्टिनको बेथितिमा सरकार आफ्नो अनुहार हेर,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा छ ।

अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेका र क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।

“अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टाइन कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।

तीनै वटा सरकार क्वारेन्टिनमा एउटा चेलीको रक्षा गर्न असमर्थ रहेको भन्दै कांग्रेसले यो भन्दा लज्जास्पद घटना अर्को केही हुन नसक्ने जनाएको छ ।

सरकारले कोरोना रोकथाममा चालेको कदमविरुद्ध दबाब दिन नेपाली कांग्रेसले असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ४० बजे

आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या

ढोरपाटन– जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निशीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या

धितोपत्र सम्बन्धी विधेयक : २८ सांसदका ९६ संशोधन प्रस्ताव

काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफल क्रममा रहेको

कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए

सियोल- दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा

६ वर्षपछि सूर्य नजिक पुगेको पार्कर सोलारकाे डाटा अर्को वर्ष पाइने

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले

खेलकुदबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्छ :  मन्त्री चौधरी

गण्डकी– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक