प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोड २५ लाखको बजेट (पूर्ण पाठसहित) « Khabarhub

प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोड २५ लाखको बजेट (पूर्ण पाठसहित)


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ ।

सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । १६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने गरी बजेट विनियोजन भएको छ । सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ । कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ ।

कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखि कार्यक्रम विस्तार गर्न भुमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रुपैयाँ रकम छ । उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ ।

सरकारले ल्याएका अधिकांश कार्यक्रम र बजेट कोभिड–१९ को रोकथाम तथा न्यूनीकरण र रोजगार केन्द्रित रहेका छन् ।

बजेटको पूर्ण पाठ

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ५६ बजे

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की

समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध

काठमाडौं– सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी