करबारे पुनरावलोकन निवेदनमा ‘कानून बमोजिम’ गर्न सर्वोच्चको आदेश « Khabarhub

करबारे पुनरावलोकन निवेदनमा ‘कानून बमोजिम’ गर्न सर्वोच्चको आदेश



काठमाडौँ- लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउनू भन्ने अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) का विषयमा सर्वोच्च अदालतले ‘कानून बमोजिम गर्नू’ भन्ने आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार ‘कानूनबमोजिम गर्नू’ भन्ने मात्रै आएको र पूर्ण आदेश तयार नभएका कारण मंगलबार मात्रै आदेशमा लेखिने विषय जानकारी हुने बताए ।

उनले भने, ‘आज आदेश भएको छ । आज आदेश तयार हुन नसकेका कारण के आदेश भयो भन्ने भोलि मात्रै थाहा हुनेछ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले ‘कानूनबमोजिम गर्नू’ भन्ने आदेश जारी गरेको हो ।

यसअघि लकडाउन सकिएको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै अर्थमन्त्रालय भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो ।

गत बुधबार सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सरकारले अन्तरिम आदेश खारेजीको माग गर्दै शुक्रबार ‘भ्याकेट’को निवेदन दर्ता गरेको थियो ।

सरकारको आम्दानीको मुख्य स्रोत नै राजस्व भएको र राजस्व संकलन नहुँदा कर्मचारीको तलब सुविधादेखि अन्य सबै काम रोकिने भन्दै गत चैतसम्मको कर अनलाइनमार्फत बुझाउने सरकारी निर्णय कार्यान्वयन गर्न माग गरिएको थियो ।

आन्तरिक राजस्व विभागले २०७६ साल फागुनसम्म बुझाउनुपर्ने कर जेठ २५ गतेभित्र बुझाउन सूचना जारी गरेको थियो । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने मितिमा हेरफेर गर्दै आगामी असार ७ र १५ गतेसम्मका लागि म्याद दिएको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी भएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ०५ बजे

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ