सरकारले ‘लकडाउन’ सत्ता संघर्षमा खेर फाल्यो : कांग्रेस (भिडियोसहित) « Khabarhub

सरकारले ‘लकडाउन’ सत्ता संघर्षमा खेर फाल्यो : कांग्रेस (भिडियोसहित)


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले लकडाउनको समय सत्ता संघर्षमै खेर फालेको आरोप लगाएको छ ।

सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित अनुगमन समितिले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा उचित कदम नचालि लकडाउनको समय सत्ता संघर्षमै खेर फालेको आरोप लगाएको हो ।

अनुगमन समितले सरकारले गठन गरेको कोभिड–१९ अनुगमन समितिले आरडीटी परीक्षण बन्द गरेर पीसीआर परीक्षणलाई व्यापक रूपमा विस्तार गर्न सरकारसँग माग गरेको छ । पीसीआर परीक्षण नगरी क्वारेन्टाइन रहेका नागरिकलाई घर नपठाउन पनि सरकारसँग माग गरेको छ ।

अनुगमन समितिले सोमबार प्रेस विज्ञप्ति जारी गरेर असुरक्षित क्वारेन्टाइनहरू बन्द गरी सुरक्षित र मापदण्डअनुकूलका क्वारेन्टाइनहरूको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका नागरिकका लागि न्यूनतम आवश्यकता पूर्ति गर्न जीवन निर्वाह गर्ने आर्थिक प्याकेजको व्यवस्था गर्न समितिले सरकारको ध्यानाकर्षण गराइएको समिति सयोजक तथा सहमहामन्त्री महतले बताए ।

समितिले सरकारलाई सामाजिक दूरी कायम गर्ने व्यवस्थासहित स्थानीय निकायहरूमार्फत न्यूनतम आवश्यकता र खाद्यान्नका लागि कामको व्यवस्था गर्नुपर्ने, विदेशबाट फर्कन चाहने नेपालीहरूलाई विनाभेदभाव न्यूनतम भाडादरमा फर्कने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

समिति संयोजक महतले सरकार बेलैमा सचेत नभएका कारण मुलुकमा कोरोना संक्रमण फैलिएको आरोप लगाए ।

सहमहामन्त्री महतले कोभिड–१९ संक्रमणको व्यवस्थापनका सन्दर्भमा सरकारले १० अर्ब खर्च देखाएको र सरकारी निकायहरूबाट अलग–अलग तथ्यांक आएकोप्रति चासो देखाउँदै यसको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरे ।

कांग्रेसले लकडाउनको परिस्थितिमा सत्ताको नजिक रहेकाहरूलाई जथाभावी पास बाँड्ने र अन्य आमनागरिकलाई आपतकालीन परिस्थितिमा पनि आवतजावत पास दिन आनाकानी गर्ने प्रवृत्ति बन्द गर्न पनि सुझाव दिएको छ ।

भिडियो हेरौं

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ४७ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग