मध्यपश्चिममाञ्चल विश्विद्यालयको रजिष्ट्रारका लागि १९ जनाको आवेदन | Khabarhub Khabarhub

मध्यपश्चिममाञ्चल विश्विद्यालयको रजिष्ट्रारका लागि १९ जनाको आवेदन


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ ।

नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले रजिष्ट्रार पदका लागि १९ जनाको दरखास्त परेको जानकारी दिए ।

उनले अबको एक साताभित्रै विश्वविद्यालयले नयाँ रजिष्ट्रार पाउने बताए । डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् ।

विश्वविद्यालयका अनुसार सेवा आयोगका सदस्य प्रा.डा.शरसिंह राना, पूर्व डिन प्रा.डा.दीपबहादुर रावल, पूर्व डिन एवं सह–प्राध्यापक अनन्तराज घिमिरे, प्रा.डा.नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह, डा.‍बुद्धि सापकोटालगायतको रजिष्ट्रार पदका लागि आवेदन परेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : २१ बजे

मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर छ : पदम गिरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले

सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन

उरुग्वेका राष्ट्रपति मुजिकाको ८९ वर्षको उमेरमा निधन

एजेन्सी– उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा

नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्‍चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद

काठमाडौं- रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाश

सरकारी कारोबारमा बेरुजु बढ्नु सुशासनका लागि चुनौती : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०-२०८१ को