गल्ती गरेपछि माफी माग « Khabarhub

गल्ती गरेपछि माफी माग


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एकपटक महात्मा गान्धी कतैको यात्रामा थिए । साथमा उनका कैयौँ अनुयायी पनि थिए ।

तीमध्ये एक अनुयायी आनन्द स्वामी पनि थिए । यात्राका क्रममा आनन्द स्वामीको कुनै विषयलाई लिएर एक सर्वसाधारणसित विवाद भयो । विवाद निकै बढेर गयो । दुवै आ–आफ्नो भनाइमा अडिग थिए । विवाद बढ्दै जाँदा आनन्द स्वामीले रिसको झोंकमा कसेर ती सर्वसाधारणको गालामा एक थप्पड हिर्काए ।

आनन्द स्वामीले सर्वसाधारणको गालामा थप्पड हानेको विषय गान्धीसमक्ष पनि पुग्यो । गान्धीलाई यो विषय निकै नराम्रो लाग्यो ।

उनले आनन्द स्वामीलाई बोलाएर सोधे– ‘आनन्द, तपाईंले एकजना सर्वसाधारणको गालामा थप्पड हान्नुभयो भन्ने मैले सुनेँ । के यो साँचो हो ?’ आनन्दले केही निहुरेर जवाफ दिए– ‘हजुरले ठिकै सुन्नुभयो बापू, त्यसले अनावश्यक विवाद गरिरहेको थियो ।’

आनन्द स्वामीको जवाफ सुनेर गान्धी दुःखी भए । उनले भने– ‘अहँ, यो पटक्कै राम्रो भएन । तपाईंले एकजना सर्वसाधारणलाई थप्पड हिर्काएर गलत गर्नुभयो ।
के त्यो मानिस सर्वसाधारण नभएर तपाईंको बराबरीको भएको भए पनि तपाईंले उसलाई थप्पड हान्नुहुने थियो ? त्यसैले जे भयो, भइगयो । अब गल्ती सच्याउने उपाय भनेको माफी माग्नु नै हो । अब तपाईं ती सर्वसाधारणसित तत्काल माफी माग्नुहोस् ।’

आनन्द स्वामीलाई पनि आफ्नो गल्ती महसुस भयो । उनले ती सर्वसाधारणसित माफी मागे ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : १५ बजे

नेपाल भारत समझदारी पत्र एमओयूको आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी हुँदै

काठमाडौँ – नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका

मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक

बक्स अफिसमा दयाहाङकै दुई फिल्मको प्रतिस्पर्धा, ‘कबड्डी ५’को कमाइ १३ करोड नाघ्यो

काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई

सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

ट्रम्पको पहल बेवास्ता गर्दै किमले बढाए कूटनीतिक सक्रियता

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता