गल्ती गरेपछि माफी माग « Khabarhub

गल्ती गरेपछि माफी माग


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एकपटक महात्मा गान्धी कतैको यात्रामा थिए । साथमा उनका कैयौँ अनुयायी पनि थिए ।

तीमध्ये एक अनुयायी आनन्द स्वामी पनि थिए । यात्राका क्रममा आनन्द स्वामीको कुनै विषयलाई लिएर एक सर्वसाधारणसित विवाद भयो । विवाद निकै बढेर गयो । दुवै आ–आफ्नो भनाइमा अडिग थिए । विवाद बढ्दै जाँदा आनन्द स्वामीले रिसको झोंकमा कसेर ती सर्वसाधारणको गालामा एक थप्पड हिर्काए ।

आनन्द स्वामीले सर्वसाधारणको गालामा थप्पड हानेको विषय गान्धीसमक्ष पनि पुग्यो । गान्धीलाई यो विषय निकै नराम्रो लाग्यो ।

उनले आनन्द स्वामीलाई बोलाएर सोधे– ‘आनन्द, तपाईंले एकजना सर्वसाधारणको गालामा थप्पड हान्नुभयो भन्ने मैले सुनेँ । के यो साँचो हो ?’ आनन्दले केही निहुरेर जवाफ दिए– ‘हजुरले ठिकै सुन्नुभयो बापू, त्यसले अनावश्यक विवाद गरिरहेको थियो ।’

आनन्द स्वामीको जवाफ सुनेर गान्धी दुःखी भए । उनले भने– ‘अहँ, यो पटक्कै राम्रो भएन । तपाईंले एकजना सर्वसाधारणलाई थप्पड हिर्काएर गलत गर्नुभयो ।
के त्यो मानिस सर्वसाधारण नभएर तपाईंको बराबरीको भएको भए पनि तपाईंले उसलाई थप्पड हान्नुहुने थियो ? त्यसैले जे भयो, भइगयो । अब गल्ती सच्याउने उपाय भनेको माफी माग्नु नै हो । अब तपाईं ती सर्वसाधारणसित तत्काल माफी माग्नुहोस् ।’

आनन्द स्वामीलाई पनि आफ्नो गल्ती महसुस भयो । उनले ती सर्वसाधारणसित माफी मागे ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : १५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा