तनहुँमा बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन शुरु « Khabarhub

तनहुँमा बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन शुरु


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण तनहुँमा भएको क्षतिको विवरण सङ्कलन शुरू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरू गरेको हो । बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

प्रजिअ अधिकारीका अनुसार म्याग्दे गाउँपालिकाबाट ६१ घरधुरी विस्थापित भएको तथ्याङ्क कार्यालयलाई प्राप्त भइसकेको छ । म्याग्देका विस्थापित भएका घरधुरीलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत त्रिपाललगायतका सामग्री उपलब्ध गराइएको छ । ‘अन्य स्थानीय तहबाट पनि क्षतिको विवरण माग गरेका छौँ’, प्रजिअ अधिकारीले भने ।

जिल्लामा करिब २०० घरपरिवार बाढीपहिरोबाट विस्थापित भएको अनुमान गरिएको छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहसँगको समन्वयमा वैकल्पिक बासको व्यवस्था मिलाइनेछ ।

पहिरोका कारण पृथ्वीराजमार्ग र शाखा मार्गहरुका अधिकांश ठाउँमा रुखहरु ढलेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । ढलेका रुखलाई पन्छाएर राजमार्ग सञ्चालन गराइएको छ । जिल्लामा अधिकांश ठाउँमा खानेपानीको पाइप, बिजुलीको पोलहरुमा पहिरोले क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ४२ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको