तनहुँमा बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन शुरु « Khabarhub

तनहुँमा बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन शुरु


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण तनहुँमा भएको क्षतिको विवरण सङ्कलन शुरू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरू गरेको हो । बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

प्रजिअ अधिकारीका अनुसार म्याग्दे गाउँपालिकाबाट ६१ घरधुरी विस्थापित भएको तथ्याङ्क कार्यालयलाई प्राप्त भइसकेको छ । म्याग्देका विस्थापित भएका घरधुरीलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत त्रिपाललगायतका सामग्री उपलब्ध गराइएको छ । ‘अन्य स्थानीय तहबाट पनि क्षतिको विवरण माग गरेका छौँ’, प्रजिअ अधिकारीले भने ।

जिल्लामा करिब २०० घरपरिवार बाढीपहिरोबाट विस्थापित भएको अनुमान गरिएको छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहसँगको समन्वयमा वैकल्पिक बासको व्यवस्था मिलाइनेछ ।

पहिरोका कारण पृथ्वीराजमार्ग र शाखा मार्गहरुका अधिकांश ठाउँमा रुखहरु ढलेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । ढलेका रुखलाई पन्छाएर राजमार्ग सञ्चालन गराइएको छ । जिल्लामा अधिकांश ठाउँमा खानेपानीको पाइप, बिजुलीको पोलहरुमा पहिरोले क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ४२ बजे

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा