कोरोनाभाइरसका कारण विश्वभर पाँच लाख ८१ हजारको मृत्यु, ७८ लाख ६६ हजार सङ्क्रमणमुक्त « Khabarhub

कोरोनाभाइरसका कारण विश्वभर पाँच लाख ८१ हजारको मृत्यु, ७८ लाख ६६ हजार सङ्क्रमणमुक्त


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पेरिस – विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ ।

त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ३९ हजार १४५ रहेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।

भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा बुधबारसम्ममा सात लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् ।

त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरु रहेका छन् ।

कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरीको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : ०८ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर